२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम १६ पहिलो लेगमा बायर्न म्युनिकले लाजियोलाई हरायो



अ+ अ-

लन्डन । मंगलबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बायर्न म्युनिकले लाजियोलाई रोममा सजिलै ४–१ ले हराएको छ । बायर्नका लागि गोल गर्दै १७ वर्षीय जमल मुसिला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

बायर्नको जितमा रोबर्ट लेवनडोस्कीले गोलको खाता खोले र प्रतियोगितामा आफ्नो गोल संख्यालाई ७२ पुर्‍याए । यससँगै उनी राउललाई उछिनेर प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको तेस्रो स्थानमा पुगेका छन् ।

बायर्नका लागि लेरोयले तेस्रो गोल थपे भने अर्को गोल आत्मघाती रह्यो । लजियोका तर्फबाट जोएक्विन कोरेराले एक गोल फर्काए । तर बायर्न क्वाटरफाइनल प्रवेशका लागि निकै बलियो प्रत्यासी भएको छ ।