२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम १६ पहिलो लेगमा बायर्न म्युनिकले लाजियोलाई हरायो



अ+ अ-

लन्डन । मंगलबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बायर्न म्युनिकले लाजियोलाई रोममा सजिलै ४–१ ले हराएको छ । बायर्नका लागि गोल गर्दै १७ वर्षीय जमल मुसिला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

बायर्नको जितमा रोबर्ट लेवनडोस्कीले गोलको खाता खोले र प्रतियोगितामा आफ्नो गोल संख्यालाई ७२ पुर्‍याए । यससँगै उनी राउललाई उछिनेर प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको तेस्रो स्थानमा पुगेका छन् ।

बायर्नका लागि लेरोयले तेस्रो गोल थपे भने अर्को गोल आत्मघाती रह्यो । लजियोका तर्फबाट जोएक्विन कोरेराले एक गोल फर्काए । तर बायर्न क्वाटरफाइनल प्रवेशका लागि निकै बलियो प्रत्यासी भएको छ ।