लन्डन । मंगलबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बायर्न म्युनिकले लाजियोलाई रोममा सजिलै ४–१ ले हराएको छ । बायर्नका लागि गोल गर्दै १७ वर्षीय जमल मुसिला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।
बायर्नको जितमा रोबर्ट लेवनडोस्कीले गोलको खाता खोले र प्रतियोगितामा आफ्नो गोल संख्यालाई ७२ पुर्याए । यससँगै उनी राउललाई उछिनेर प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको तेस्रो स्थानमा पुगेका छन् ।
बायर्नका लागि लेरोयले तेस्रो गोल थपे भने अर्को गोल आत्मघाती रह्यो । लजियोका तर्फबाट जोएक्विन कोरेराले एक गोल फर्काए । तर बायर्न क्वाटरफाइनल प्रवेशका लागि निकै बलियो प्रत्यासी भएको छ ।