११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भगवान राम मन्दिरको पुजारी बनाउनुपर्छ : सुरेन्द्र पाण्डे



अ+ अ-

काठमाडौं । नेकपा दाने समूहका स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने बताएका छन्।  भरतपुरमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको समेत बताएका हुन् । 

‘हिजो बेलुका एउटा प्रमाणित भयो ओली सेटिङ 'टाइँ टाइँ फिस', ओली सेटिङ गयो, समाप्त भयो। ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो,' पाण्डेले भने, 'यो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद छ। सर्वोच्च अदालत र न्यायाधीशहरूलाई अझ धेरै धन्यवाद पार्टीकोतर्फबाट।'

केही साताअघि चितवन पुगेका प्रधानमन्त्री ओलीले आमसभामालाई सम्बोधन गर्दै राममन्दिर बनाउने घोषणा गरेका थिए। चितवनबाट निर्वाचित तीन सांसदहरु पुष्पकमल दाहाल, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेललाई लक्षित गर्दै ओलीले ‘खोइ तीन सांसद ? आजका दिनसम्म उनीहरुले के गरे ?’ भन्दै प्रश्न पनि गरेका थिए। 

उक्त आमसभामै उनले चितवनको माडीस्थित अयोध्यापुरी भगवान रामको जन्मथलो भन्दै त्यहाँ मन्दिर बनाउने घोषणा गरेका थिए। ओलीको भनाइको प्रतिवाद गर्दै नेता पाण्डेले उनलाई बरु पुजारी बनाउने भन्दै कटाक्ष गरे।

'म यहाँका मेयरलाई आग्रह गर्न चाहन्छु, माडीमा राममन्दिर बनाएर त्यसको पुजारी ओलीजी राखौँ', उनले भने, 'उहाँको संकिर्ण सोचबाट अब देश चल्न सक्दैन।’