२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः पोर्टोले आर्सनललाई हरायो, नापोली र बार्सिलोनाको बराबरी



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा आर्सनल पोर्चुगिज क्लब एफसी पोर्टोसँग १–० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन एकमात्र गोल गालेनोले गरे । उनले खेल सकिनै लाग्दा अन्तिममा इन्जुरी समयमा गोल गरेका हुन् ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इटालीयन क्लब नापोली र स्पेनिस क्लब बार्सिलोनाले १–१ गोलको बराबरी खेलेका छन् ।

नापोलीको घरेलु मैदानमा भएको खेलमा ६० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ७५ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउँदै नापोलीलाई हारबाट जोगाए ।

अब दोस्रो लेगका खेलहरु आर्सनल र बार्सिलोनाका घरेलु मैदानमा मार्च १३ मा हुनेछन् ।




भर्खरै