१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासमिति बैठकमा महामन्त्री थापाको प्रस्तावः निर्वाचनपूर्व गठबन्धन नगरौँ



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्नु नहुने प्रश्ताव गर्नुभएको छ ।

मंगलवार महासमितिको बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्ननहुने प्रश्ताव अघि सार्नुभएको हो । उहाँले यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने संकल्प गर्नुपर्ने बताउनु भयो ।

उहाँले मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले संगठनलाई थप ऊर्जाशिल बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरुसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा पनि काँग्रेस सचेत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेसले यस विषयमा विशेष संकल्प गर्नुपर्छ कि, एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाको लागि नेपाली काँग्रेसले निर्वाचन अगाडीको गठबन्धनको नेतृत्व गर्नुप¥यो । गत निर्वाचनमा नेपाली काँग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरुसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ । कुनैपनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडी निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्नेकुरा चुनाव पछाडी स्वभाविक हुनसक्छ ।

तर निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नरहेर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्नेकुरालाई मनन गर्दै मेरो प्रश्ताव छ, नेपाली काँग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्यहरु, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्नेछौँ । र हाम्रो मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ । हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशिल बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रुपमा पुनःस्थापित हुनेछौँ ।’

उहाँले २० बुँदे सांगठनिक सुधारको कार्ययोजना समेत प्रश्तुत गर्नुभएको छ ।