२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनाबारे ओली – नैतिकता नभएका मन्त्री, हुतिहारा सरकार



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै सरकारको आलोचला गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा आजदेखि सुरु एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफैँले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘छानबिन आयोगले मन्त्री दोषी हो भनिसक्यो । न मन्त्रीले राजीनामा गर्छन्, न प्रधानमन्त्रीसँग कारबाही गर्ने हुती छ । नैतिकता नभएका मन्त्री र हुतिहारा सरकार छ । आफैँले बनाएको आयोगले दोषी करार गरेको छ, जुन दोषका कारण मान्छे मरे, प्रहरी कारबाहीमा परे । तर मन्त्रीले राजीनामा गर्नु नपर्ने ? गठबन्धनले यही गरेको छ, लोकलाज हाँसेको छ ।’ ओलीले भने ।

पुस १३ गते बालकुमारीमा कोरिया जान नपाएका युवाले गरेको प्रदर्शनमा मन्त्रीको गाडी पुग्दा झडपको स्थिति सिर्जना भएको थियो । त्यसक्रममा दुईजना युवाको ज्यान गएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो ।