४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेमन्त शर्माको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक (भिडिओसहित)



अ+ अ-

काठमाडौँ । गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको ‘धर्तीमाथि जून’ बोलको गीत हेमन्त शर्मा नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

स्वरमा हेमन्तलाई गायिका बिन्दु शर्माले साथ दिएकी छन् । गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन् ।

मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेता अनुप विक्रम शाही र कविता नेपालीलाई देख्न सकिन्छ ।म्युजिक भिडिओको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।