२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण



अ+ अ-

एजेन्सी । उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार छ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

उक्त उपग्रहहरू ‘जिलिन–१ कुआन्फु ०२बी ०१–०६’ लङ मार्च–२ डी क्यारियर रकेटमा प्रक्षेपण गरिएको छ । उपग्रहहरू सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

‘जिलिन–१’ चीनको पहिलो स्व–विकसित व्यावसायिक रिमोट सेन्सिङ स्याटेलाइट प्रणाली हो । यो उपग्रहहरू चाङ गुआङ स्याटेलाइट टेक्नोलोजीद्वारा संचालित छन् ।
यसले प्रयोगकर्ताहरूलाई १५० किलोमिटर चौडाइ, ०।५ मिटर रिजोलुसनको स्याटेलाइट छविहरू प्रदान गर्नेछ ।

यो प्रक्षेपणले लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५३६ औं उडान मिसनको प्रतीक हो ।