४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई



अ+ अ-

काठमाडौँ: मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले दुवालले पाँच दशकदेखि नेपाली प्रगतिशील संस्कृतिका माध्यमबाट समाजलाई पु¥याउनुभएको योगदान स्वरूप पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिनुभयो । रु एक लाख राशिको उक्त पुरस्कार फाउण्डेशनको २५औँ स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा शनिबार प्रदान गरिनेछ ।

दुवालले पाँच दशक बढीदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि जनताका हकअधिकार प्राप्तिका लागि सङ्गितका माध्यमबाट जागरणको आन्दोलनको नेतृत्व गर्दै आउनुभएको छ ।  विसं २०३६ को पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन, २०४६ सालको बहुदलीय प्रजातन्त्रको स्थापनाका लागि भएको जनआन्दोलनमा दुवालले गीत सङ्गीतको माध्यमबाट जनताको आवाजमा परिवर्तन र संघर्षको उत्प्रेरणा भर्ने काम गर्नुभएको थियो ।

अध्यक्ष पाण्डेले निरङ्कुशता विरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाको लागि जनआन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएको प्रत्येक जनसङ्घर्षमा दुवालको संलग्नता रहेकोले पुरस्कार प्रदान गर्न थालिएको बताउनुभयो ।