५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान



अ+ अ-

काठमाडौँ : नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्ड्सिप’ अभ्यास हुनेभएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

विसं २०७४ देखि सुरु भएको उक्त अभ्यासअन्तर्गत यो चौथो संस्करण चीनको चोङ्क्वीङमा हुनेछ । उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन, प्रतिआतङ्कबादलगायत विषयमा ज्ञान आदानप्रदान हुने सेनाले स्पष्ट गरेको छ ।

नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालोमा सञ्चालन हुँदै आएको उक्त अभ्यास कोभिड–१९ को महामारीपछि केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको निर्देशनालयले जनाएको छ ।

यसैबीच नेपाल र संयुक्तराज्य अमेरिकी सेनाबीच गत भदौ ३० गतेदेखि सञ्चालित संयुक्त अभ्यास ‘प्यासिफिक एन्जल’ आज सम्पन्न भएको छ ।रासस




भर्खरै