२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध



अ+ अ-

एजेन्सी । युक्रेनले शुक्रबार रुसी मुलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका लागि “खतरा” रहेको भन्दै आफ्नो सरकार, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

युक्रेन र रुस दुबैमा सञ्चारको मुख्य स्रोतका रुपमा प्रयोग हुने सामाजिक सञ्जालमा व्यक्तिगत डाटा र सन्देशहरूमा रुसको पहुँच हुन सक्ने चेतावनी कियभले दिएको छ ।

“राष्ट्रिय सुरक्षा र रक्षा परिषदले सरकारी विभाग, सैन्य संरचना र महत्वपूर्ण पूर्वाधार सुविधामा टेलिग्रामको प्रयोग प्रतिबन्धित गर्ने निर्णय गर्यो”, सुरक्षा परिषद्ले फेसबुकमा एक विज्ञप्तिमा भन्यो, “यो राष्ट्रिय सुरक्षाको कुरा हो।“

युक्रेनका अनुसन्धान प्रमुख किरिलो बुदानोभले टेलिग्राममार्फत मस्कोले प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा सहित अन्य सुचना प्राप्त गर्नसक्ने आशङ्का व्यक्त गर्नुभयो । “यो अभिव्यक्ति स्वतन्त्रताको कुरा होइन, यो राष्ट्रिय सुरक्षाको कुरा हो”, उहाँले भन्नुभयो ।

एकजना उच्च पदस्थ सुरक्षा अधिकारीले यो प्रतिबन्ध आधिकारिक सञ्चारमा मात्र लागू हुने बताउनुभएको छ ।

टेलिग्राम सजिलै ह्याक हुनसक्ने भएकाले रुसले सजिलै सुचना लिक गर्नसक्ने स्रोतले जनाएको छ ।

“नागरिकहरुले भने यसको प्रयोग गर्न सक्नेछन, कुनै प्रतिबन्ध छैन”, स्रोतले बताएको छ ।

टेलिग्रामका संस्थापक दुरोभलाई अवैध सामग्री प्रकाशित गरेको अभियोगमा गत महिना फ्रान्समा पक्राउ गरिएको थियो ।