२५ असार २०८३, बिहीबार
,
Latest
सरकारलाई एमाले सांसद बरालको प्रश्नः सुकुम्बासीले बाँच्न पाउने कि नपाउने ? ललितपुर महानगरपालिकामा साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी कृषि तथा वन मन्त्रालयको १०० दिने उपलब्धिः कार्बन व्यापारबाट १ अर्ब १० करोड आम्दानी र… चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल नेपाल–नर्वे स्वास्थ्य सहकार्य थप सुदृढ बनाउन मन्त्री मेहता र नर्वेली राजदूतबीच छलफल बाल मन्दिरको रकम हिनामिना आरोपमा तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो इलामको माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण अस्ट्रेलियाली युरेनियममा भारतको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभयो । उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै यस भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ । यही असोज ६ गते आइतबार अमेरिकाको स्थानीय समयअनुसार साँझ ५ः३० बजे उहाँहरूबीच भेटवार्ता हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उहाँहरुको भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको र भारतको विदेश मन्त्रालय पनि आन्तरिक तयारीमा जुटेको परराष्ट्र स्रोतले जनायो ।

परराष्ट्र मन्त्रालयको एक स्रोतले भन्यो– प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्ता निश्चित भएको छ । हिजोमात्र भेटवार्ता सुनिश्चित भएको खबर भारतीय विदेश मन्त्रालयबाट आएको छ । त्यस्तो कुनै परिवर्तन भएन भने सेप्टेम्बर २२ को साँझ उहाँहरूबीच भेटवार्ता हुनेछ,।

प्रधानमन्त्री ओली शनिबार र भारतीय प्रधानमन्त्री मोदी आइतबार न्युयोर्क पुग्ने कार्यक्रम छ । उहाँहरु न्युयोर्क पुगेलगत्तै भेटवार्ता हुने कार्यक्रम तय भएको हो ।

मोदीसँगको भेटवार्ता मिलाउन परराष्ट्र मन्त्रालय निकै पहिलादेखि तयारीमा थियो । यसअघि यही सेप्टेम्बरको सुरुमा बिमस्टेकको सम्मेलनका क्रममा भेटवार्ता हुने तय भएको भए पनि सो सम्मेलन स्थगित भएको थियो ।