१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?
अ अ+ अ-

एजेन्सी । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् ।

दशकौंको अनुसन्धानपछि लेकानेमाब र डोनेमाब नामक औषधिहरूले रोगसँग लड्ने पहिलो वास्तविक मौकाको प्रतिनिधित्व गरेको चिकित्सक र औषधि निर्माताहरूको ती औषधीको पक्षधर समूहको दाबी रहेको छ तर आलोचकहरूको लागि, तिनीहरू महङ्गा असफलताहरूको लामो लाइनपछि अर्को निराशा हुन्।

सन् १९९० को दशकदेखि अल्जाइमरको अध्ययन गरिरहेका बेलायती जीवविज्ञान विशेषज्ञ जोन हार्डीले एएफपीसँग भन्नुभयो, “यी उपचारले गर्दा हामी एक कुनामा पुगेका छौँ ।”

युनिभर्सिटी कलेज लण्डनमा वृद्धावस्था मनोविज्ञानका प्राध्यापक रोब हावर्डले भन्नुभयो, “मलाई लाग्छ कि अल्जाइमर रोग भएका व्यक्ति र उनीहरूका परिवारहरूमा झूटा र अवास्तविक आशाहरू जगाउन औषधिहरू प्रयोग गरिएको छ ।”

यी विरोधी कथनहरूले अल्जाइमरको लागि भर्खरै शुरू गरिएको औषधिबारेकोे अवस्थालाई बुझ्न सजिलो हुनेछ । संसारभरका लाखौं मानिसहरू अल्जाइमरको सबैभन्दा सामान्य रूप डिमेन्सियाबाट पीडित छन् ।

लेकेम्बी नामबाट बिक्री हुने लेकानेमाबलाई अमेरिकी औषधि कम्पनी बायोजेन र इसाईले विकास गरेका हुन् । औषधि कम्पनी एली लिलीले विकास गरेको डोनानेमाब किसुन्लाको नाममा बजारमा बिक्री हुन्छ ।

यो विवादले देशहरूले यी औषधिहरूलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा फरक–फरक अडान लिन बाध्य बनाएको छ ।

संयुक्त राज्य अमेरिकाले सन् २०२३ मा लेकानेमाबलाई प्रयोग गर्न अनुमति (ग्रीन सिग्नल) दिएको थियो। यद्यपि युरोपेली सङ्घ (इयू) ले जुलाईमा लेकानेमाबलाई अस्वीकार गरेको थियो, जुन डोनेमाबको अनुमोदनको अवसरको लागि एक खराब शगुन थियो। गत महिना बेलायतले लेकानेमाबको प्रयोगलाई स्वीकृति दिए पनि राज्यको राष्ट्रिय स्वास्थ्य सेवामा उपलब्ध नगराई मध्यम मार्ग अपनाएको थियो ।

कसैले पनि इन्कार नगर्ने कुरा के हो भने यी दुई औषधि अल्जाइमरको अहिलेसम्मकै सबैभन्दा प्रभावकारी उपचार हो तर यसको प्रभावकारिता सीमित छ ।

दुवैले रोगको सुरुवातमा बिरामीहरूमा संज्ञानात्मक गिरावटलाई लगभग ३० प्रतिशतले कम गरेको देखिन्छ।

अध्ययनहरूले यी औषधीले डेढ वर्षको अवधिमा तुलनात्मक रूपमा सानो भिन्नताको प्रतिनिधित्व गरेको देखाएका छन् । हावर्डले भन्नुभयो, “यसको फाइदा यति सानो छ कि हरेक बिरामीमा यसको प्रभाव व्यावहारिक रूपमा अदृश्य हुन सक्छ।”

अत्यधिक लागत 

आलोचकहरूले औषधिहरूको जोखिमभन्दा बढी लाभहरू नभएको बताउँदै कहिलेकाहीँ मस्तिष्क सुन्निने वा रक्तस्रावको कारण हुन सक्ने यसको प्रयोग घातकसमेत साबित भएको छ।

तिनीहरू धेरै महङ्गा छन् । सन् २०२३ को एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा बायोजेन र इसाईले लिने मूल्य अनुसार लेकानेमाब चलाइएमा यहाँका बिरामीहरूका लागि एक बर्षको औषधोपचार मूल्य १३३ अर्ब युरो (१४८ अर्ब अमेरिकी डलर) पर्नेछ ।

धेरै स्नायु विशेषज्ञ (न्यूरोलोजिस्ट)सहितका सम्बन्धित अनुभवीहरूले अल्जाइमरका विरामीलाई चलाउने ती औषधीले बिरामीहरूलाई उनीहरूको स्वतन्त्रत जीवनको केही थप बहुमूल्य महिनाहरू प्रदान गर्न सक्ने बताएका छन् ।

यदि बिरामीहरूले रोगको सुरूवातीमा अर्थात् पहिले चरणमा नै औषधिहरू लिन थाले भने औषधिहरूको प्रभावकारिताको गुणा बढी हुनसक्छ भन्ने उनीहरूको विश्वास छ। यो चाँडै नै अधिक व्यावहारिक हुन सक्छ किनकि अल्जाइमरको अधिक छिटो निदान गर्ने महत्त्वपूर्ण प्रगति गरिरहेको हालैका अनुसन्धानले देखाएका छन् ।

फरक–फरक राष्ट्रिय नीतिहरूको अर्थ यो पनि हुन सक्छ कि गरीब बिरामीहरू पछाडि छोडिएका छन्। हार्डीले भन्नुभयो, “हामी धनी व्यक्तिहरू ड्रग्सको लागि अमेरिका जाँदै गरेको देख्नेछौं।”

सन् १९९२ मा हार्डीले यो रोगले वास्तवमा कसरी असर गर्छ भन्ने विषयमा लेखेको एउटा लेखमा यो बहसलाई केही हदसम्म पाइदा पुग्नेछ ।

लेखमा अल्जाइमरका बिरामीको दिमागमा स्थिर रहने ‘एमाइलोइड प्लेक’ भनिने प्रोटिनको गुच्छा अरूमध्ये एउटा तत्व मात्र नभई यो रोग निम्त्याउने मुख्य कारक भएको तर्क गरिएको छ ।

लेकानेमाब र डोनेमाबको विकाशसम्म आइपुग्दा दशकौंको दौडानमा यी अमाइलोइड प्लेकहरूलाई लक्षित गर्ने धेरै अन्य औषधिहरू विकसित भएका थिए र ती सबै असफल भएका थिए ।

परिवारबाट दबाब

नयाँ औषधिहरूको बारेमा केही तप्काबाट शङ्का उत्पन्न हुनुको कारण यिनीहरूको पक्षधरता र आलोचनाले काम गरेको हुनसक्छ । पहिलेका औषधिहरूको प्रतिरक्षा गरिएको थियो र तिनीहरूको प्रभावकारिताको बावजुद केहीले प्रशंसा पनि गरेका थिए।

फ्रान्सेली संस्था फोरमाइन्डेपका प्रमुख क्रिश्चियन गाइ कोइचार्डले अल्जाइमर्स समूह, अनुसन्धाता र औषधि कम्पनीहरू निकै नजिक रहेको आरोप लगाउनुभएको छ ।

तर फ्रान्स अल्जाइमरका उपनिर्देशक बेनोइट डुरान्डले बायोजेन/इसाई वा एली लिलीबाट औषधीको विकासमा भएको खर्चको तुलनामा निकै कम रकम प्राप्त भएको बताउनुभयो । उहाँले अनावश्यक बहसका कारण यो उपचार पद्धतिको वदलामा अर्को विकल्प रोज्न विरामीका परिवारले दवाव दिने गरेको बताउनुभयो ।

डुरान्डले एएफपीसँग भन्नुभयो, “उनीहरूले नयाँ औषधिलाई अस्वीकार गर्ने ईयूको निर्णयलाई बुझेका छैनन्। अल्जाइमर रोगका कारण प्रयोगशालाले चासो गुमाउन सक्ने अवस्था आउनसक्छ । यदि यसो भएमा अल्जाएमरका विरामीको उपचारमा दुर्भाग्य आउनेछ ।

औषधि उद्योगभित्र पनि कोही–कोही विगतका असफलताहरूले विश्वास बलियो बनाउन सहयोग नगरेकोस्वीकार्छन् ।

नाम नबताउने शर्तमा एली लिलीका लागि काम गर्ने एक चिकित्सकले आफ्नो प्रतिद्वन्द्वी बायोजेनले अघिल्लो उपचार एडुहेलमको फाइदालाई बढी बताएको आरोप लगाउनुभयो । यो औषधि सन् २०२१ मा अमेरिकामा विवादास्पद रूपमा स्वीकृत भएको थियो ।

उहाँले भन्नुभयो, “अदुहेल्मको अध्ययन अस्तव्यस्त थियो।”

ती चिकित्सकले बायोजेनतर्फ सङ्केत गर्दै चेतावनीको रूपमा भन्नुभयो, “यस घटनापछि ‘धेरै हानि भयो र यो क्षेत्रमा अराजकता फैलायो।”

यसको जवाफमा बायोजेनले एएफपीसँग भनेको छ कि उसले ‘वैज्ञानिक अनुसन्धानको सिद्धान्तका साथै कानूनी र नियामक आवश्यकता’ पालन गरिरहेको छ।

तर एली लिलीका चिकित्सकले नयाँ उपचारको बचाउ गर्दै मानिसहरूलाई विगतलाई नभई भविष्यलाई हेर्न आग्रह गर्नुभयो ।

अन्य विशेषज्ञहरू जस्तै उहाँले पनि अल्जाइमरको पछाडि हुन सक्ने एमाइलोइडहरू बाहेक अन्य संयन्त्रहरू अन्वेषण गर्न आवश्यक भएको स्वीकार गर्नुभयो ।

विशेषज्ञहरूको एक समूहले गत महिना अल्जाइमर रोगको रोकथामको बिषयमा एक जर्नल (जर्नल अफ प्रिभेन्सन अफ अल्जाइमर्स डिजिज) मा लेखेका छन्, “रोगको जटिलताले गर्दा ‘एकल–लक्षित उपचार’ले लेकानेमाब र डोनेमाबभन्दा धेरै ठूलो प्रभाव प्राप्त गर्ने कुरा सम्भव छैन।”

अल्जाइमरको उपचारमा नयाँ औषधि ‘महत्वपूर्ण कदम’ भएको अनुसन्धानकर्ताहरूले उक्त जर्नलमा बताएका छन् । रासस