१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप

प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट सरुवा भएर जानुभएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज प्रमुख बालेन्द्र शाह (बालेन) लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाउनुभएको छ ।

आफ्नो कार्यकाल ७ महिना २५ दिनमा भए गरेका महत्वपूर्ण कामको विवरण प्रतिवेदनमा समावेश गरिएका छन् । सरुवा भएर जाँदा आफूसँग भएका अभिलेख तथा संस्थागत सूचना र सम्पन्न कामको अभिलेखन हस्तान्तरण प्रणाली थालनी गर्दै संस्थागत सुदृढीकरणमा सहयोग हुने अपेक्षा राखेर उहाँले प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदन ग्रहण गरिसकेपछि प्रमुख शाहले प्रमुख प्रशासकीय अधिकृत परियारका कामको प्रशंशा गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो ।

नेपाल सरकार, मन्त्री परिषदको भदौ २७ गतेको निर्णयअनुसार परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएर जानुभएको छ । भदौ ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको पत्र पठाएको थियो । २०८० माघ ३ गतेको मन्त्री परिषदको निर्णयअनुसार उहाँ राष्ट्रिय योजना आयोगबाट सरुवा भएर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउनुभएको थियो । उहाँले माघ १० गते पद वहाली गर्नुभएको थियो ।

 

आज सभा कक्षमा प्रशासन विभागले आयोजना गरेको विदाइमा बोल्दै परियारले, नेतृत्वको नीतिलाई सफल बनाउन महानगरपालिकाका कर्मचारीहरुमा प्रवल क्षमता रहेको उल्लेख गर्नुभयो । ‘नेतृत्वलाई सफल बनाउँदा कर्मचारी स्वतः सफल होइन्छ । कार्य सम्पादनका क्रममा यो सोच राखेर काम गर्नुपर्छ ।’

उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षका लागि बजेट नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा छ । यसलाई प्रभावकारी कार्यान्वयनमा लैजानु प्रगति बढ्दै जानेछ ।’ उहाँले आफ्नो कार्यकालका सम्झना योग्य कामका बारेमा चर्चा गर्दै भन्नुभयो, ‘वितेका ५ वर्षमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च भयो । एकीकृत सेवा प्रवाहका लागि एकल सेवा केन्द्र सञ्चालनमा आयो । विद्युतीय शासन प्रणालीहरु परिष्कृत गरिए । यी सबै कामलाई संस्थागत अभिलेखन गरेर हस्तान्तरण गरेको छु ।’

कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकालले, परियार प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहँदा संस्थागत सुधारका लागि अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) का लागि गहन काम भएको उल्लेख गर्नुभयो । परियारका कार्यकालमा थालिएका कामहरुलाई निरन्तरता दिइनेछ । ढकालले भन्नुभयो, ‘प्रमुख प्रशासकीय अधिकृतबाट विभागीय प्रमुखसँग कार्य सम्पादन सम्झौता भएको छ । अधिकार प्रत्यायोजन भइसकेको छ । यसपछि खुरुखुरु काम गर्न सक्ने अवस्था छ ।’

विदाइ अवसरमा विभागी प्रमुखहरुले परियारको कार्यकाल सुखद र स्मरणीय रहेको उल्लेख गर्नुभयो ।