३१ श्रावण २०८३, आईतवार
,
Latest
जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैँ अगाडी नै छलफल गरिसक्ने भएको छ ।

शुक्रवार बसेको समितिको बैठकपछि कुरा गर्दै समिति सभापति तुलसाकुमारी दहालले समितिमा भएका चारवटा विधेयकहरुमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडी नै छलफल गरेर सक्ने बताउनुभएको हो । उहाँले आजको९शुक्रबार०को बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल भएको र यसको छलफललाई निरन्तरता दिने बताउनु भयो । समितिले कार्य परामर्श उपसमितिलाई पुन:गठन गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो – ‘म सभापति भएर आएर पहिलो पटक बैठक सञ्चालन गरेको हुँदा पहिला गरेका कामहरुलाई रिभ्यु गर्ने भन्ने हिसावले बैठकका कार्यविधिहरु के छन्, बजेटको अवस्था के छ, समितिमा कतिवटा विधेयकहरु प्राप्त भएका छन्, यो विषयमा जानकारी लिने, जानकारी गराउने र कार्यविधिको बारेमा माननीय सदस्यहरुले जानकारी गराएर उहाँहरुको सुझाव र सल्लाहसहित अर्को बैठकमा पारित गर्ने निर्णय गर्‍यौँ । कार्य परामर्श उपसमिति बनेको थियो सभापतिसहित ६ सदस्यीय । त्यसलाई पुन:गठन गर्ने निर्णय गर्‍यौँ । चारवटा विधेयक समितिमा छ । त्यसमध्ये मिडिया काउन्सिल विधेयक र नविकरणीय ऊर्जा सम्बन्धी विधेयक दसैँभन्दा अगाडी नै छलफल गरेर सक्ने भनेर नविकरणीय ऊर्जा सम्बन्धी विधेयकको बारेमा त्यसको समिति कोगठनको प्रक्रिया के हुन्छ ? कति सदस्यीय समिति हुन्छ ? त्यसको नेतृत्व कसले गर्छ ? केन्द्र ठूलो कि समिति ठूलो भन्ने विषयमा निर्णय गर्‍यौँ । नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको पहिले छलफल हुँदै आएको कुरा थियो । त्यसमा आज हामीले परिच्छेद ४ को दफा ११ को विषयमा समितिको गठन सम्बन्धी विषयमा छलफल गर्‍यौँ ।’

समितिले समितिको नयाँ सभापति निर्वाचित भएर आएको सन्दर्भमा समितिको अवस्थाको बारेमा छलफल गरी समितिको कार्यविधि आगामी बैठकमा पारित गर्ने निर्णय पनि गरेको सभापति दाहालले जानकारी दिनुभयो ।