२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 2.06

Humidity: 53

Latest
इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग सांकेतिकताको कुटनीति: सन्तुलन कि अलमल ? धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा



अ+ अ-

एजेन्सी । दक्षिण कोरियामा अभूतपूर्व उष्ण लहरले बन्दागोभीको मूल्य बढाएको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । बन्दागोभी दक्षिण कोरियाको लोकप्रिय राष्ट्रिय परिकार किम्चीका लागि प्रयोग हुने तरकारी हो । यसको मूल्य बर्सेनि करिब ७० प्रतिशतले बढेको छ ।

बिहीबार एउटा गोभीको मूल्य नौ हजार तीन सय ३७ वन (सात दशमलव शून्य दुई अमेरिकी डलर) पुगेको छ । यो एक वर्ष अगाडिको तुलनामा ६९ दशमलव एक प्रतिशतले बढेको सरकारी स्वामित्वको कोरिया एग्रो–फिशरीज एन्ड फुड ट्रेड कर्पोरेशनले जनाएको छ ।

बन्दागोभी किम्चीको मुख्य सामग्री हो । किम्ची देशको प्रसिद्ध परिकार हो र यसलाई धेरै कोरियालीले प्रत्येक दिन खान्छन् ।

विशेषज्ञहरूका अनुसार गर्मीमा तापक्रम बढेकाले विशेषगरी चिसो जलवायुमा राम्रोसँग उत्पादन हुने उच्च पहाडी क्षेत्रको बन्दागोभीको आपूर्तिमा अस्थिरता आएको छ ।

“यसबाहेक जलवायु परिवर्तनले माटोका रोगहरूको प्रकोपको ढाँचामा परिवर्तन गरेको छ”, नेसनल इन्स्टिच्युट अफ क्रप साइन्सका भाइरसविज्ञ ली यङ–ग्युले भन्नुभयो, “उदाहरणका लागि माटोमा फैलिएको फङ्गल रोगले जरा सड्दछ र बन्दागोभीमा मुर्झाउँछ, यो रोग फैलिरहेको छ ।”

लीका अनुसार अत्यधिक गर्मीका कारण बिरुवाहरू पनि मर्न थालेका वा चर्को घामले ओइलाएका छन् ।

यसै महिना दक्षिण कोरियाको ग्रामीण विकास प्रशासनले उच्च पहाडी बन्दागोभीको आपूर्ति अस्थिरतालाई समाधान गर्न समर्पित अनुसन्धान संस्था स्थापना गरेको छ ।

संस्थाले जलवायु परिवर्तनको समाधानका लागि कुनै उपाय नलिइए सन् २०९० सम्म गृष्मकालीन बन्दागोभी खेतीका लागि उपयुक्त क्षेत्रहरू हराउने सक्ने चेतावनी दिएको छ ।

मौसम सेवा एजेन्सीले यसै महिनाको सुरुमा यस वर्ष दक्षिण कोरियाले आधा शताब्दीको इतिहासमा सबैभन्दा उच्च औसत गर्मीको तापक्रम अनुभव गरेको बताएको थियो । यो ऐतिहासिक औसतभन्दा लगभग दुई डिग्री सेल्सियसले उच्च छ ।