११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीले आफूलाई महाराज धिराज ठान्छन् : दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । 

शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल विर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टी भित्रैपट्टिबाट वर्गउत्थान भएका केही नेताहरु जो विपरित वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन र उनीहरुको प्रलोभनमा फस्छन र उनीहरुका एजेन्ट हुन्छन र आफ्नो वर्गलाई धोका दिन्छन । आफू जहाँबाट जन्मिएको हो त्यो धर्ति उनीहरुले विर्सिन्छन र आफूलाई हिजो जसका विरुद्ध लडाई गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधि जस्तो ठान्न पुग्छन । अहिले तपाईहरु हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन ।’

आफूलाई महाराजधिराज ठान्न थालेदेखि पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रम्हब्याख्याको रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृति केपी ओलीमा देखिएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो ‘बैठकमा बस्नपनि नपर्ने, आलोचना सुन्न नी नसक्ने, आफूले भनेपछि त्यो ब्रम्हव्याख्या जस्तो सबैले मानिदिनु नै पर्ने नमान्ने मान्छे अगाडि देख्नै नहुने यो महाराजधिराजहरु कै चरित्र हो नी त । आलोचना सहन पनि नसक्ने सुन्नपनि नसक्ने बैठक बहस भन्ने पटक्कै मन नपराउने आफू नेतृत्वमा पुग्नको लागि जस्तोसुकै कुराको पनि सम्झौता गरिदिने कार्यान्वयन एउटा पनि नगर्ने ।’

आफू सत्तामा पुग्नका लागि जस्तो पनि सम्झौता गर्ने र सम्झौता भइसकेपछि कार्यान्वयन नगर्ने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । पार्टी एकता हुँदा भएका कुनैपनि सहमति प्रधानमन्त्री ओलीले नमानेको र आफुलाई महाराजधिराज जस्तो ठान्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘निर्णय भइसकेपछि लागू नगर्ने, आलोपालो अध्यक्षता पनि लागू नगर्ने, आलोपालो प्रधानमन्त्री पनि लागू नगर्ने र राजनीतिक प्रतिवेदनको कुनैपनि आफैले हस्ताक्षर गरेको कुरा लागू नगर्ने, अन्तरिक विधानको कुनैपनि प्रावधान लागू नगर्ने, आई एम द स्टेट भन्याजस्तो गरी श्री ३ महाराजधिराज, अस्ति बहसमा सुनिनै हाल्नुभयो श्री ३ महाराज र श्री ५ महाराजधिराज जस्तै प्रधानमन्त्रीलाई पनि अधिकार छ भनेर बोल्ने पञ्चायतका वरिपरिका मान्छे त तपाईहरुले देखिसक्नुभयो । सच्चाई यही नै हो ।’

कम्युनिष्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको पनि बताउनुभयो । सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर केपी ओली लागेको पनि अध्यक्ष प्रचण्डले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘अहिले छोटो समयमा कम्युनिष्ट पार्टीकै नेतृत्वबाट आफैले बनाएको संविधान र त्यसको मर्ममाथि निर्मम खालको प्रहार भएको देखियो र यो सम्पूर्ण लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने दिशातिर र कम्युनिष्ट आन्दोलनले हासिल गरेका उचाईहरु, यसले प्राप्त गरेका गौरवलाई नै कालो पोत्ने किसिमले त्यसका धब्बा लगाउने किसिमले कम्युनिष्ट पार्टीकै नेतृत्वबाट आएको यो पनि अर्को आश्चर्य हो । यो सुखद होइन दुःखद आश्चर्य हो । यो पनि हामीले अहिले भर्खरै देख्यौं ।’

प्रचण्डलाई उपयोग गरी माधव कुमार नेपाललाई निचोर्ने र प्रचण्डलाई पनि खिचिक्कै पार्छु भन्ने रणनीतिमा केपी ओली लागेको पनि बताउनुभयो । यो कुरा आफूले पार्टी एकता गरेको एक महिनामा नै बुझिसकेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।