३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा एकैदिन साढे ११ हजार जनामा संक्रमण पुष्टि



अ+ अ-

रुस । रुसमा कोरोनभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५३४ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा बढी हो । अघिल्लो दिन ११ हजार ८७ जना सङ्क्रमित भएको तथ्याङ्क छ । 

योसँगै रुसमा शनिबारसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४२ लाख ३४ हजार ७२० पुगेको अधिकारीहरुले जनाएका छन् ।नयाँ सङ्क्रमित मध्ये राजधानी मस्कोमा मात्रै एक हजार ८२५ जना रहेका छन् । मस्कोमा अघिल्लो दिन त्योभन्दा थोरै अर्थात एक हजार ३३६ जना सङ्क्रमित भएका थिए । मस्कोपछिको धेरै सेन्ट पिटर्सवर्गमा सङ्क्रमित भेटिएका छन् । त्यहाँ ९५१ जना सङ्क्रमित भएको तथ्याङ्कमा उल्लेख छ । रुसमा कोरोनाभाइरसका कारण अहिलेसम्म ८५ हजार ७४३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।   




भर्खरै