४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबियाका पत्रकारको हत्यामा साउदी राजकुमारको हात रहेको खुलासा



अ+ अ-

अमेरीका । साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । यहाँको अनुसन्धानबाट तयार भएको सो प्रतिवेदनमा सो हत्यामा साउदी अरेबियाका राजकुमारको हात रहेको भनी आरोप लगाइएको छ । 
  
गत बिहीबार खशोग्गी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बताइएको थियो र शुक्रबार सो अनुसन्धान रिपोर्ट अमेरिकामा सार्वजनिक गरिएको बताइएको छ । उक्त रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ । उसले गरेको अनुसन्धानका आधारमा यो रिपोर्ट सार्वजनिक गरेको हो । 
 
उक्त रिपोर्टमा साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानलाई हत्याको योजनामा संलग्न रहेको भनेर ठहर्याइएको समाचारमा जनाइएको छ । साउदी अरबका कट्टर आलोचक मानिने खाशोग्गी एक चर्चित पत्रकार तथा लेखक हुनुहुन्थ्यो । उहाँ ‘अल अरब’ न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत हुनुहुन्थ्यो भने वासिङटन पोष्टका स्तम्भकार भएर पनि काम गर्नुभएको थियो ।
 
खाशोग्गी साउदी अरेबियाको एक आलोचक भएपछि उहाँ सन् २०१७ को सेप्टेम्बरमा साउदी अरेबियाबाट भागेर अमेरिका पुग्नुभएको थियो ।  उहाँले देशबाहिर बसेर पनि साउदी अरेबिया सरकार र युवराज सलमानको आलोचना गर्दै समाचार तथा लेखहरु लेख्दै आएका बताइएको थियो । 

 पछिल्लो समय वासिङटन पोस्टमा नियमित स्तम्भ लेख्दै आउनुभएका उहाँको हत्याको हत्या सन् २०१८ मा टर्कीको स्तानबुलमा भएको थियो ।  सन् २०१८ को अक्टोबरमा टर्कीको राजधानी स्तानबुलमा रहेको साउदी अरेबियाको दूताबासमा उहाँको हत्या भएको थियो । उहाँ टर्कीका एक महिलासँग विवाह गर्ने तयारीमा रहनुभएको बताइएको थियो ।
 
उहाँको हत्यापछि त्यहाँ कार्यरत आठ जनाभन्दा बढी टर्की र साउदी अरेबियाका कर्मचारीलाई पक्राउ गरी कारबाही थालिएको छ । साउदी अरेबियाको अदालतले ती पत्रकारको हत्यामा संलग्न रहेको आधारमा पक्राउ गरिएको भनिएका आठ जनामध्ये पाँच जनालाई २० वर्षको जेल सजायँ सुनाएको छ । 
 
त्यसैगरी अरु तीन जनालाई सात देखि १० वर्षसम्मको जेल सजायँ सुनाइएको थियो । गत सेप्टेम्बरमा उनीहरु विरुद्ध सो कारबाही सुनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।  उता शुक्रबार सार्वजनिक भएको यो रिपोर्टको साउदी अरेबियाले भने अस्वीकार गर्दै आएको छ । साउदी अरेबियाले आफ्ना राजकुमार सो हत्यामा संलग्न भएको भनी दिएको रिपोर्टमा कुनै सत्यता नरहेको बताएको छ ।