१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई एसिया कप खेल्न ११६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११५ रन जोड्यो ।

नेपालका लागि इन्दु वर्माले २९, कविता कुँवरले २३, डली भट्टले २५, रुविना क्षेत्रीले २० रन जोडिन् । मलेसियाका लागि बलिङतर्फ मलेसियाका माहिरा इज्जाती इस्माइलले दुई तथा विनिफ्रेड दुराइसिंगमले एक विकेट लिइन् ।

नेपालले आजको खेल जितेमा आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

यसैबीच आजै भएको अर्को खेलमा थाइल्याण्डलाई ४ रनले हराउँदै यूएईले फाइनलमा स्थान पक्का गरिसकेको छ ।