२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः पिएसजी विजयी, बायर्नको हार



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । अन्तिम १६ को पहिलो लेग अन्तर्गत गएराति भएको खेलमा पिएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन खेलको ५८ औं मिनेटमा किलियन एमबाप्पेले तथा ७० औं मिनेटमा ब्राडली बार्कोलाले गोल गरे ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इटालियन क्लब लाजिओले जर्मन क्लब बायर्न म्युनिखलाई हरायो । घरेलु मैदानमा लाजिओलाई जित दिलाउन एकमात्र निर्णायक गोल किरो इमोविलेले गरे । उनले ६९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । खेलको ६७ औं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड खाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै पिएसजीले २–० र लाजिओले १–० को एग्रिगेट बनाएका छन् । यी टोलीहरुको दोस्रो लेगका खेलहरु मार्च ६ मा हुनेछन् । जसमा सोसिडाड र बायर्नको घरेलु मैदानमा खेलहरु खेलिनेछ ।