१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन् । सोमबार पोखरामा आयोजिक एक शभामा बेल्दै प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका हुन् । 

‘सही ढंगले सरकारको नेतृत्व गरेको हुनाले, ममाथि प्रहार भइरहेको छ ।  अत्यन्त तिव्र प्रहार भएको छ,’ ममाथि शारीरिक हमला भयो भने पनि तपाइँहरू अन्यथा नलिनु होला । तर, त्यस्तो हुन दिँदैन । म रहिन भने पनि पार्टी छ । नेतृत्व छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिन हुँदैन ।’ 

उनले आफूहरुले देशको भौगोलिक अखण्डतालाई माया गर्ने बताउँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएका हुन्।

‘हामी हाम्रो देशलाई साँच्चै नै माया गर्छौँ । देशको भौगोलिक अखण्डतालाई माया गर्छौँ , त्यसको रक्षा गर्छौ, राष्ट्रिय हितहरुको रक्षा गर्छौ । राष्ट्रियताको सवालमा हामी सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डताको हामी दृढताका साथ रक्षा गर्छौ’, ओलीको भनाइ छ । 

तर, राष्ट्रियताको सवालमा आफूहरु एकजुट हुन खोज्दा केही देशका श​त्रुहरु यसविरुद्ध लागिपरेको टिप्पणी गर्दै ओलीले उनीहरुले जनताबीचको एकता र उन्नती देख्न नचाहेको बताए ।  यद्यपी ओलीले राष्ट्रका ती श​त्रुहरु को हुन् भन्नेबारे भने ओलीले केही खुलाएनन् ।