१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरूद्ध नेपाललाई पेनाल्टीबाट ५ रन



अ+ अ-

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले क्यानडाले प्रस्तुत गरेको २३३ रनको लक्ष्य पछ्याउँदै अहिले ब्याटिङ गरिरहेको छ ।

नेपालका अनिल शाह र भीम सार्की क्रिजमा छन् । अनिलले अर्धशतक बनाइसकेका छन् ।

यसैबीच खेलमा नेपालले पेनाल्टीबाट पाँच रन पायो । क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पिचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टीमार्फत दिइएको हो ।

क्रिकेटको नियमअनुसार ब्याटरले पिचमा टेकेपछि सुरुमा अम्पायरबाट चेतावनी पाउँछन् । त्यसपछि पनि पिचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ ।

यहिँ निमयअनुसार जाफरले अन्तिम बलमा रन लिने क्रममा पिचमा कुदेका कारण नेपालले पेनाल्टी रन पाएको हो ।

जाफरका कारण नेपालले ब्याटिङ थाल्नुअघि नै पाँच रन प्राप्त गरेको थियो ।