काठमाडौं । यू–१९ विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ ।
फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक विश्वकपको उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतलाई जितका लागि २५४ रनको लक्ष्य दिएको थियो ।
भारतीय टोली ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो । भारतका लागि आदर्श सिंह (४७)र मुरुगन अभिषेक (४२) ले सर्वाधिक रन बनाए ।
मुशीर खानले २२ रनको योगदान दिए । अस्ट्रेलियाका राफ म्याकमिलन र महली बियर्डम्यानले ३-३ विकेट लिए ।
बेनोनीमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनायो ।
हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युज विब्जेन ४८ रन बनाएर आउट भए भने ह्यारी डिक्सन ४२ रन बनाएर आउट भए । यस्तै, ओलिभर पिके ४६ रनमा नटआउट रहँदा र्यान हिक्सले २० तथा चार्ली एन्डर्सनले १३ रन जोडे ।
भारतका लागि राज लिम्बानीले ३ विकेट लिए । नमन तिवारीले २ सफलता हात पारे । यस्तै, सौमी पाण्डे र मुसीर खानले १–१ विकेट लिए ।