२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध रोहित र देव दुबै कप्तानले हाने अर्धशतक, सय रनको पार्टनरसिप पूरा



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा क्यानडाबाट २८६ रनको लक्ष्य पाएको छ ।

उक्त टार्गेट चेज गर्दै गरेको नेपालका लागि कप्तान रोहित पौडेल र यू–१९ टिमका कप्तान देव खनाल दुबैले अर्धशतक बनाएका छन् ।

रोहितले ६६ बलमा तथा देवले ५६ बलमा अर्धशतक बनाएका हुन् । दुई जनाबीच १२३ बलमा १०३ रनको पार्टनरसिप भएको छ ।

ताजा स्थितीमा रोहित ६९ बलमा ५० तथा देव ६० बलमा ५३ रनसहित क्रिजमा छन् । नेपालले २७.३ ओभरमा २ विकेटको क्षतिमा १७९ रन जोडेको छ ।