११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध रोहित र देव दुबै कप्तानले हाने अर्धशतक, सय रनको पार्टनरसिप पूरा



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा क्यानडाबाट २८६ रनको लक्ष्य पाएको छ ।

उक्त टार्गेट चेज गर्दै गरेको नेपालका लागि कप्तान रोहित पौडेल र यू–१९ टिमका कप्तान देव खनाल दुबैले अर्धशतक बनाएका छन् ।

रोहितले ६६ बलमा तथा देवले ५६ बलमा अर्धशतक बनाएका हुन् । दुई जनाबीच १२३ बलमा १०३ रनको पार्टनरसिप भएको छ ।

ताजा स्थितीमा रोहित ६९ बलमा ५० तथा देव ६० बलमा ५३ रनसहित क्रिजमा छन् । नेपालले २७.३ ओभरमा २ विकेटको क्षतिमा १७९ रन जोडेको छ ।