२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा मतदानको अघिल्लो दिन २ विष्फोट, २५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक दिनअघि बलुचिस्तानमा दुईवटा विस्फोट भएका छन् । पहिलो विस्फोट पिसिन सहरमा भएको थियो । १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजका अनुसार स्वतन्त्र उम्मेदवार असफन्द यार खान ककरको कार्यालय बाहिर विस्फोट भएको हो । बम विष्फोट हुँदा कक्कड कार्यालयमा उपस्थित थिएनन् ।

बलुचिस्तानको किला सैफुल्लाहमा रहेको जेयुआई–एफ पार्टीका उम्मेदवार मौलाना अब्दुल वासेको कार्यालय बाहिर दोस्रो विस्फोट भएको छ । तिनीहरू सुरक्षित छन् । यद्यपि यस हमलामा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुवै विस्फोटमा कुल २५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा फेब्रुअरी ८ मा हुन लागेको राष्ट्रिय र विधानसभाको निर्वाचनअघि हिंसाका घटना बढेका छन् । जियो न्युजको रिपोर्ट अनुसार बलुचिस्तान र खैबर पख्तुनख्वामा पछिल्लो समय आतंकवादी हमला बढेको छ । बलुच लिबरेशन आर्मीले बलुचिस्तान र खैबरमा पाकिस्तानी तालिबानमा आक्रमण गरिरहेको छ ।