२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा मतदानको अघिल्लो दिन २ विष्फोट, २५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक दिनअघि बलुचिस्तानमा दुईवटा विस्फोट भएका छन् । पहिलो विस्फोट पिसिन सहरमा भएको थियो । १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजका अनुसार स्वतन्त्र उम्मेदवार असफन्द यार खान ककरको कार्यालय बाहिर विस्फोट भएको हो । बम विष्फोट हुँदा कक्कड कार्यालयमा उपस्थित थिएनन् ।

बलुचिस्तानको किला सैफुल्लाहमा रहेको जेयुआई–एफ पार्टीका उम्मेदवार मौलाना अब्दुल वासेको कार्यालय बाहिर दोस्रो विस्फोट भएको छ । तिनीहरू सुरक्षित छन् । यद्यपि यस हमलामा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुवै विस्फोटमा कुल २५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा फेब्रुअरी ८ मा हुन लागेको राष्ट्रिय र विधानसभाको निर्वाचनअघि हिंसाका घटना बढेका छन् । जियो न्युजको रिपोर्ट अनुसार बलुचिस्तान र खैबर पख्तुनख्वामा पछिल्लो समय आतंकवादी हमला बढेको छ । बलुच लिबरेशन आर्मीले बलुचिस्तान र खैबरमा पाकिस्तानी तालिबानमा आक्रमण गरिरहेको छ ।