१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमिर खानले ‘लापता लेडीज’का लागि अडिसन दिए, किरण रावले रिजेक्ट गरिन्



अ+ अ-

एजेन्सी । बहुप्रतिक्षित चलचित्र ‘लापता लेडीज’ रिलिज हुन करिब एक महिना मात्रै बाँकी रहेकाले दर्शकमा यो चलचित्रलाई लिएर उत्सुकता बढेको छ । लामो समयपछि निर्देशनमा फर्किएकी किरण रावले यो फिल्मलाई निर्देशन गरेकी छन् । यो फिल्म आमिर खानको प्रोडक्सनमा बन्न लागेको कमेडी ड्रामा हो ।

हालै किरण रावले यस फिल्मको बारेमा बताउँदै आफ्ना पूर्वपति आमिर खानले यस फिल्मको लागि अडिसन दिएको तर उनले अभिनेतालाई रिजेक्ट गरेको खुलासा गरेकी छन् ।

किरण रावले हालै ‘द वीक’लाई दिएको अन्तर्वार्तामा आमिर खानले फिल्ममा विशेष भूमिकाको लागि इच्छा व्यक्त गरेको र अडिसन पनि दिएको बताएकी छन् । अन्ततः यो भूमिका रवि किशनले निभाएका छन् ।

किरण रावका अनुसार आमिर खान यस पात्रबाट निकै प्रभावित थिए र उनले भूमिकाप्रति आफ्नो समर्पण देखाउँदै पोशाक र मेकअपको पनि परीक्षण गरेका थिए ।

यद्यपि, रवि किशनको अडिसन हेरेपछि, किरणले उनको चित्रणमा ताजगी महसुस गरिन्, जुन उनलाई रोचक लाग्यो । रवि किशनको अभिनयको प्रशंसा गर्दै, किरण रावले चरित्रमा ‘एक प्रकारको रस’ मिसाएकोमा उनको प्रशंसा गरिन् ।