१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था समितिको बैठक बस्न सकेन, पूर्बनिर्धारित कार्यसूची परिवर्तन



अ+ अ-

काठमाडौं ।सत्तारुढदल भित्रको अन्तरकलहको प्रभाब संसदको पहिलो बैठकमा परेको छ । कार्यब्यवस्था समितिको बैठक बस्न नसक्दा प्रतिनिधिशभाको आजको बैठकको पूर्बनिर्धारित  कार्यसूची परिबर्तन भएको छ । 

कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको भन्दै सभामुख अग्नी सापकोटाले अन्य कार्यसूची नराख्न  संसद सचिवालयलाई निर्देशन दिनु भएको छ । 

संसद सचिवालयका अनुसार आजको बैठकमा मन्त्रीमण्डल पून गठन सम्बन्धी  राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित हुने छ । 

अर्को बैठकको मितिका बारेमा भने सभामुखले दलहरु संग पछि छलफल गर्ने जनाईएको छ ।