१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

आजदेखि जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

आजदेखि जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव
जनकपुरधाम
अ अ+ अ-

गोदार । जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आजदेखि साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु हुँदैछ । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो ।

आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको बताउनुभयो । महोत्सव माघ २२ गतेसम्म चल्ने छ । महोत्सवमा करिब २० वटा विभिन्न विषयमा विमर्श गरिने जनाइएको छ ।

मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा सुरु हुन लागेको सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुलस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

महोत्सवमा नेपाल र भारतका कलाकारले आठवटा नाटक प्रदर्शन गर्नेछ । पहिलो दिन ‘हिउँको पृथ्वी यात्रा’ दोस्रो दिन ‘तिनिता रङ्गीन, विरजु विल्टु आ बाबु’ तेस्रो दिनमा ‘मञ्च, काँट’ चौथो दिन ‘सामचको सामचको अविहा हे, दु:खहि जनम भेल’ र पाँचौँ दिन ‘जोगाड्’ नाटक मञ्चन हुनेछ ।

महोत्सवमा नेपाल भारतका मिथिला क्षेत्रका चर्चित रङ्गकर्मी तथा गायकको समेत प्रस्तुति रहनेछ । जसमा रञ्जना झा, प्रिया मल्लिक, सुनिलकुमार मल्लिक, आभाष लाभ, नवीन मिश्र, पुनम मिश्र, प्रियाराज, ललित कामत, नेहा प्रियदर्शनी, अमर आनन्द, हरिशङ्कर चौधरी, रविराज साह, सुभाष विरपुरिया, जुली झा रामनारायण ठाकुर, मोहित खण्डेवाल, हृदय रामयसहितको सहभागिता रहनेछ ।

नेपाल र भारतका विद्वान्, विदूषि, सामाजिक अभियान्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषानीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताउनुभएको छ ।

विसं २०५८ मा स्थापित कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भइरहेको छ । महोत्सवमा रु ५२ लाख खर्च हुने अनुमान रहेकोमा रु २० लाख उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले र रु आठ लाख उपमहानगर तथा बाँकी रकमको व्यवस्थापन कोषले गर्ने कोषका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । रासस