२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनमा हिमपात



अ+ अ-

ढोरपाटन । बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो ।

हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिनुभयो । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गङ्गाबहादुर भण्डारीले जानकारी दिनुभयो । हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका लागि समस्या भएको भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजोदेखि मौसम निकै चिसो थियो, पानी पनि पर्न सकेको थिएन, घाम पनि लागेको थिएन, राति अलिअलि पानी पर्‍यो र एकै छिनमा हिउँ पर्‍यो, अहिले निकै चिसो छ, चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न सकिँदैन, अब घाम लाग्यो भने मात्रै घर र गोठको काम गर्न सकिन्छ ।”

गत मङ्सिर १८ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको थियो । त्यसयता सामान्य वर्षासमेत हुन सकेको थिएन । लामो समयदेखि वर्ष नहुँदा किसानले लगाएका गहुँ, जौँ बारीमै मर्न थालेका थिए । यो वर्षाले किसानका लागि राहत मिलेको स्थानीय प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । यो सिजनमा किसानलाई वर्षाको निकै आवश्यकता रहेको उहाँको भनाइ छ । रासस