१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘ह्रस्वदीर्घ’मा ब्रह्मानन्दमको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक



अ+ अ-

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको इन्डो–नेपाली चलचित्र ‘ह्रस्वदीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ ।

बिहीबार फिल्मका अभिनेता तथा दक्षिण भारतीय स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा ब्रहमान्दम सिरमा ढाका टोपी र निधारमा चन्दनसहित देखिएका छन् ।

यहि अवसरमा निर्माण टीमले फिल्मको रिलिज मिति घोषणा गरेको छ । फिल्म दसैँको मेसो पारेर आगामी असोज ११ बाट प्रदर्शनमा आउनेछ ।

नेपाली र भारतीय कलाकारको अभिनय रहेको यो फिल्मलाई चन्द्र पन्द निर्देशन गरेका हुन् । नीता ढुंगाना फिल्म्सको निर्माण र हरिहर अधिकारीले लेखेको फिल्ममा उनीसहित नीता, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईंटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका कलाकारको समेत अभिनय छ ।

फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमका साथै अली, ‘गजनी’ फेम्ड अभिनेता विजय रावतको पनि अभिनय छ ।




भर्खरै