• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

चलचित्र ‘ह्रस्वदीर्घ’मा ब्रह्मानन्दमको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक



काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको इन्डो–नेपाली चलचित्र ‘ह्रस्वदीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ ।

बिहीबार फिल्मका अभिनेता तथा दक्षिण भारतीय स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा ब्रहमान्दम सिरमा ढाका टोपी र निधारमा चन्दनसहित देखिएका छन् ।

यहि अवसरमा निर्माण टीमले फिल्मको रिलिज मिति घोषणा गरेको छ । फिल्म दसैँको मेसो पारेर आगामी असोज ११ बाट प्रदर्शनमा आउनेछ ।

नेपाली र भारतीय कलाकारको अभिनय रहेको यो फिल्मलाई चन्द्र पन्द निर्देशन गरेका हुन् । नीता ढुंगाना फिल्म्सको निर्माण र हरिहर अधिकारीले लेखेको फिल्ममा उनीसहित नीता, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईंटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका कलाकारको समेत अभिनय छ ।

फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमका साथै अली, ‘गजनी’ फेम्ड अभिनेता विजय रावतको पनि अभिनय छ ।