• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी

भारतीय कम्पनीलाई नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा दिनु हुँदैन: नागरिक अभियन्ताहरु



काठमाडौँ । नागरिक अभियन्ताहरुले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा भएको नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलहरु विदेशीसँग सौदाबाजी गर्ने षड्यन्त्रका बिरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले आर्थिक सामाजिक हिसावमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको रणनीतिक स्वार्थ माथिको ठूलो आघात भएको बताएका हुन् ।

उनीहरुले बाहिर आएको जस्तो नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा भारतीय अडानि ग्रुपलाई दिने तयारी भएको भए घातक विषय भएको बताए । नागरिक अभियन्ता एवं नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलहरु भारतीय कम्पनीलाई सञ्चालन गर्न दिनेकुरा आर्थिक,प्राविधि र राष्ट्रको दीर्घकालिन हिसावले उपयुक्त नभएको बताउनु भयो । उहाँले भूपरिवेष्ठित मुलुकहरुले वाह्य विश्वसँग सम्पर्क गर्ने माध्यम हवाई र रेल्वे यातायात भएको बतउनु भयो ।

उहाँले नेपालले हवाई उडानलाई विदेशी मुलुकसँग बहुपक्षीय सम्बन्ध बिस्तारको लागि प्रयोग गरिरहेको बताउनु भयो । आर्थिक, सामाजिक हिसावमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको देशलाई ठूलो आघात हुनु रहेको धारणा राख्नुभयो । उहाँले नेपालको वाह्य मुलुकसँग जोडिने माध्यम भनेको हवाई यातायात भएको भन्दै अन्तर्राष्ट्रिय विमानस्थलहरु राज्यको अग्रसरतामा सञ्चालन गराउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपध्यायले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालनमा दिने विषय बाहिर आएकाले यसको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार भारतसँग कम्फरटेबल रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईले सबैकुरा बुझ्न सहज हुने बताउनु भयो । उहाँले सरकारले दिन चाहेको भए जनतालाई भ्रममा राख्न नहुने भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले यदी सरकारले भारतीय कम्पनीलाई सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिने तयारी गरेको भए देशको लागि घात हुने बताउनु भयो । भारतीय कम्पनीलाई विमानस्थल सञ्चालन गर्न दिँदा मुलुकको सुरक्षामा खतरा आउने उहाँको भनाई छ ।

नेकपा मालेका महासचिव सिपी मैनालीले नेपाल घेरेको मुलुकको कम्पनीलाईअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिन नहुने बताउनु भयो । उहाँले मुलुक गरिव र विमानस्थल सञ्चालनको विज्ञतामा कमी भएपनि भारतीय कम्पनीलाई दिन नहुने भन्दै नेपाल सरकारले नै सञ्चालन गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सुरक्षासँग जोडिएको राजनीतिक विषय पनि भएको दाबी गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालन गर्न दिने विषय मुलुकको सुरक्षा,राजनीति र भूराजनीतिबाट अलग गरेर हेर्न नसकिने बताउनु भयो । उहाँले वर्तमान सरकार बनेदेखि विवादास्पद बन्दै गएको बताउनु भयो । उहाँले सरकारलाई मुलुकलाई आघात हुने खालका कामहरु गर्न छुट नभएको भन्दै सबैले खबदारी गर्न आवश्यक रहेको बताउनु भयो ।