• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

नेपालले बंगलादेशलाई दियो १७० रनको समान्य लक्ष्य



BLOEMFONTEIN, SOUTH AFRICA – JANUARY 31: Bishal Bikram KC of Nepal bats from Ashiqur Rahaman Shibli of Bangladesh during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशलाई जितको लागि १७० रनको समान्य लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १६९ रन बनायो ।

नेपाललको लागि विशाल ब्रिकम केशीले सर्वाधिक ४८ रन बनाए । उनले १०० बलमा ६ चौका हिर्काए । खराब सुरुवात गरेको नेपाललाई विशाल र कप्तान देव खनालको साझेदारीले उकासेका थिए । विशाल र देवले ६२ रनको साझेदारी गरे । देव ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए ।

यस्तै, अर्जुन कुमालले १२ र सुभाष भण्डारीले १८ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुर्गेश गुप्ताले ९ रन जोड्दा दिपेश कडेल, दिपक बोहरा, गुलशन झा र आकाश त्रिपाठीले समान ३ र विपीन रावलले २ रन थपे ।

बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३(३ विकेट लिए । इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १(१ विकेट हात पारे ।