१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु



अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ ।

बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिनुभयो । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताउनुभयो । घाइते हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची र ५६ वर्षीय फुँङ रहेका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । रासस




भर्खरै