१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक



फाईल फोटो
अ+ अ-

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो । करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उहाँले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक आएकामा अहिले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा चार हजारको हाराहारीमा पुगेको बताउनुभयो ।

यसैगरी, अघिल्लो आवको पुस मसान्तसम्ममा आन्तरिक छ हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा यस आवको पुस मसान्तसम्ममा १० हजार पुगेका छन् । गत आवको पुस मसान्तसम्ममा पाँच सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा चालु आवको पुस मसान्तसम्ममा आठ सय पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिनुभयो ।

पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रका रुपमा स्थापित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो ।” प्रमुख संरक्षण अधिकृत रामका अनुसुार खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्युजिल्यान्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको सङ्ख्या बढिरहेको छ ।रासस




भर्खरै