१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपमा माघ १८ देखि नवौं ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै



अ+ अ-

काठमाडौँ । माघ १८ गतेदेखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा मेला सञ्चालन गर्न लागेको हो ।

निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी महत्वपूर्ण हुने मिडिया स्पेस सोलुसन्स प्रा.लि. का कार्यकारी निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले विगत ८ वर्षदेखि मेला गर्दै आइरहेको र प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने विश्वास रहेको बताउनु भयो ।

उहाँले मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा राखेको बताउनु भयो । मेलाको तयारी लगभग सकिसकेको उहाँको भनाइ छ । उहाँले प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरुले सहभागिता जनाउने बताउनु भयो । उहाँले यस वर्ष विदेशका तुलनामा नेपालका स्टलहरु बढी रहने पनि बताउनु भयो । मेलाले आर्थिक संकुचन हटाउन पनि मदद्त पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माघको १८, १९, २० र २१ गते (फेब्रुअरी १,२,३ र ४) मा भृकुटीमण्डप काठमाडौंमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुन्छ । बिल्डिङ कन्स्ट्रक्शन क्षेत्रको यो एक्जिबेशन हो । यसमा हाम्रो अपेक्षा भनेको ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने भन्ने हो । निर्माण व्यवसायी र निर्माण सामग्रीहरुसँग सम्बन्धित यो उद्योगका मानिसहरु लगायत नयाँ घर बनाउने तथा घरलाई रिनोभेट गर्न चाहने मानिसहरुको यसमा राम्रो सहभागिता हुने अपेक्षा गरेका छौँ । तयारी लगभग सकिएको छ । अन्तिम चरणमा छाँै ।’

‘फाइनल कामहरु बाँकी छन् । विभिन्न कम्पनीका स्टलहरु बन्ने प्रक्रियामा छन् । यो प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मिडिल इस्टमा दुबईका कम्पनीहरु छन् । यो मेलामा लगभग डेढ सय कम्पनीका स्टल रहनेछन् । जसमा ५ सय बढी ब्राण्डहरुका सामान हुनेछन् । नेपाल र भारतका बढी स्टलहरु हुन्छन् । यी प्रदर्शनी आजको भविष्यका लागि हो । यस्ता मेलाले आर्थिक संकुचन हटाउन पनि मदद्त गर्दछ । पहिला विदेशका कम्पनी धेरै थिए, अहिले नेपाली कम्पनीहरु विदेशी कम्पनीको तुलनामा धेरै छन् ।’

कार्यकारी निर्देशक भट्टराईले ४ दिनसम्म चल्ने प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको बताउनु भयो । विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउने उद्देश्यले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौं संस्करण हुन लागेको हो ।




भर्खरै