१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला एक सय रूपैयाँले बढेर एक लाख १८ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै मूल्यमा यथावत रहि प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




भर्खरै