काठमाडौँ । उच्च अदालत, पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधनमा बुधवार शोक बिदा दिइएको छ ।
अदालतले सार्वजनिक सूचना जारी गर्दै आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिएकोे हो ।
सार्वजनिक सूचनामा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीश श्री मातृकाप्रसाद मरासिनीको मिति २०८०।१०।१६ गते असामयिक निधन भएकोले शोक मनाउन मिति २०८०।१०।१७ गते बुधवार एक दिन यस अदालत, उच्च अदालत पाटन, हेटौडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
मंगलबार न्यायाधीश मरासिनीको हृदयाघातका कारण असामयिक निधन भएको थियो । बिहान ८:३० बजे घरमा बसिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा बिहान १० बजे कलंकीको नेशनल अस्पतालमा निधन भएको हो ।