• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

न्यायाधीश मरासिनीको निधनमा शोक बिदा



काठमाडौँ । उच्च अदालत, पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधनमा बुधवार शोक बिदा दिइएको छ ।

अदालतले सार्वजनिक सूचना जारी गर्दै आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिएकोे हो ।

सार्वजनिक सूचनामा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीश श्री मातृकाप्रसाद मरासिनीको मिति २०८०।१०।१६ गते असामयिक निधन भएकोले शोक मनाउन मिति २०८०।१०।१७ गते बुधवार एक दिन यस अदालत, उच्च अदालत पाटन, हेटौडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मंगलबार न्यायाधीश मरासिनीको हृदयाघातका कारण असामयिक निधन भएको थियो । बिहान ८:३० बजे घरमा बसिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा बिहान १० बजे कलंकीको नेशनल अस्पतालमा निधन भएको हो ।