२६ श्रावण २०८३, मंगलवार
,
Latest
बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको माग बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ? कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य छोटी भन्सार पुनःसञ्चालनको माग बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिसेस वर्ल्ड-२०२३ मा नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड



अ+ अ-

एजेन्सी । अमेरिकामा सम्पन्न मिसेस वर्ल्ड- २०२३ मा नेपालले ह्युमनिटेरियन अवार्ड जितेको छ ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी मिसेस नेपाल वर्ल्ड पृथ्वीया थापाले ह्युमनिटेरियन अवार्ड पाएकी हुन् । उनी प्रतियोगिताको सेमिफाइनलसम्म पुगेकी थिईन् ।

अवार्ड जितेपछि पृथ्वीयाले नेपाललाई उपधि दिलाउन सक्नु ठूलो सफलता भएको बताएकी छिन् । उनले भनिन्, ‘निकै ठूलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नुलाई मैले एउटा ठूलै सफलताको रूपमा लिएकी छु। यो मेरो लागि मात्र नभएर नेपालकै लागि महत्त्वपूर्ण उपब्धि भएको मैले ठानेकी छु। हामीले अझ बढी तयारी गरेर सहभागी भएमा मिसेस वर्ल्डको उपाधि जित्न पनि सकिन्छ भन्ने मलाई लाग्छ’।

यस्तै, मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यस उपाधि नेपालको लागि गर्वको कुरा रहेकोे बताईन् । ‘मिसेस वर्ल्डमा हामीले प्रतिनिधित्व गराएको यो दोस्रो अवसर हो। दोस्रो अवसरमै एउटा मुख्य अवार्ड हासिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो, ’ उनले भनिन् ।

उपाधिसहित मिसेस नेपाल वर्ल्ड पृथ्वीया यसै साता नेपाल फर्किँदै छिन् ।

विश्वका ५७ भन्दा बढी देशका विवाहित सुन्दरीको सहभागिता रहेको मिसेस वर्ल्ड २०२३ को उपाधि भने जर्मनकी जुलिया क्यारोलिनले जितेकी छन् । मेडिकल डक्टरसमेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छन् ।