२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु



अ+ अ-

यमन । यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । 

यस आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि गरियो र मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने बताइएको छ । सो कुरा आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले जानकारी दिनुभएको छ ।
उहाँले सोमबार आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिनुभएको हो । आईओएमले विशेष गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि बताएको छ । 

त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन् । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन ।यमनमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमन विश्वमा नै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने देशका रुपमा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।