२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नै छैन: शंकर पोखरेल



file photo
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामथ्र्य नरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले वर्तमान सरकारले लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको बताउनु भयो । उहाँले ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको बताउनु भयो । महासचिव पोखरेलले ओलीले भारतसँग महाकाली सन्धिबारे पुरावलोकन गर्ने विषयलाई २०४९ सालमा संसदमा उठाएको उल्लेख गर्दै त्यसलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा भारतसँग सो विषयमा औपचारिक प्रश्ताव राखेको तथ्य पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकार भनेको राष्ट्रिय हितलाई नेतृत्व गर्नसक्ने सामथ्र्यको सरकार नै छैन । केही ओलीले त्यतिबारे महाकाली सन्धिबारे जे कुरा राख्नुभयो । महाकाली सन्धिकोसन्दर्भमा यसको सीमाना लिपुलेख र कालापानी हो भनेर त्यतिबेला संसदमा विषय प्रवेश गराउने उहाँ हुनुहुन्थ्यो । र अन्तिममा उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्शा प्रकाशित गरिकन आफ्नो अडानमा दृढ रहेको पुष्टि गर्ने काम गर्नुभएको छ ।’

‘अर्थात उहाँले बोल्नु मात्रै भएको छैन । बोलेका कुराहरुलाई आफू जिम्मेवारीमा रहँदाखेरी त्यसलाई पुष्टि गर्ने काम गर्नुभएको छ भन्ने कुरा म राख्न चाहन्छु । अर्को, राष्ट्रिय हित र सरोकारको प्रश्नमा परराष्ट्र नीतिलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्छ भन्ने कोणबाट उहाँले संसदमा बोलेका कुराहरु चाहे त्यो असमान सन्धि, सम्झौता पुनरावलोकन कुरा, २०४९ सालमै उहाँले संसद भित्र असमान सन्धि, सम्झौताको पुरानवलोकनको विषय संसदमा प्रवेश गराउनुभएको रहेछ । नेपालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि त्यो विषय प्रधानमन्त्रीको तर्फबाट भारतमा प्रश्तुत गरियो ।’

महासचिव पोखरेलले ओलीले बोलेका कुरालाई काम उतार्ने नेताको रुपमा आफूलाई बलियोसँग उभ्याएको समेत बताउनु भयो ।