१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक
अ अ+ अ-

लमजुङ । विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन् । दैनिक तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले विदेशी पर्यटक आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ ।

यतिबेला चिसो बढ्न थालेसँगै पर्यटक ह्वातै घटेको केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताउनुभयो । गर्मीयाम सुरु नभएसम्म यसरी पर्यटक घट्दै जाने र पर्यटन व्यवसायीहरुको आम्दानीसमेत नहुने उहाँको भनाइ थियो । ३५ हजारभन्दा बढी पर्यटन व्यवसायी यस पदमार्गमा छन् । यीमध्ये अधिकांश व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको छ । अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्ष्य गरेर पदमार्ग आसपासमा दर्जनौँ होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेका छन् । पर्यटक घट्दा आम्दानीसमेत नहुने भएकाले परिवारको दैनिक गुजारा चलाउन समस्या हुने उनीहरूको गुनासो थियो ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ जगतका पच्चबहादुर गुरुङले भन्नुभयो, “पर्यटकको चाप हुँदा दैनिक रु ३०/४० हजारसम्म आम्दानी हुन्थ्यो तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ । चिसो बढेकाले पर्यटक पदमार्गमा नआउँदा आम्दानी हुन छाडेपछि चिन्तित बनाएको उहाँको भनाइ थियो ।

अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङको पनि उस्तै पीडा छ । लामो समयपछि लयमा फर्किरहेको पर्यटन व्यवसाय यतिबेला पर्यटक आगमन घटेसँगै आम्दानी पनि कम हुन पुगेको छ । दैनिक रु ३०/३५ हजार आम्दानी हुने गरे पनि यतिबेला पदमार्गमा पर्यटक शून्यजस्तै बनेसँगै आम्दानी नहुँदा परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्तामा रहेको उहाँको भनाइ थियो ।

पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज र प्राकृतिक सुन्दरताको अवलोकन गर्नाका साथै मनाङबाट थुम्रापास भएर मुस्ताङ वा पोखरा जान पर्यटक अन्नपूर्ण पदमार्ग प्रयोग गर्छन् । सो पदमार्गले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडेको छ । विश्वकै दश उत्कृष्ट पदमार्गमा पर्ने यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहरमा छ । पदमार्ग सुनसान हुँदा पर्यटन व्यवसायी मात्र नभई सयौँ सङ्ख्यामा होटलमा आबद्ध कर्मचारी, भरिया तथा पर्यटकका लागि पथप्रदर्शकको काम गर्दै आएकाहरुलाई समेत समस्या पर्न थालेको छ । रासस