• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न



बग्दाद । इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ । 

इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो । सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गर्नु भएको थियो ।

उहाँले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गर्नु भएको थियो ।

आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताउनुभयो ।

उहाँले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिनु भएको थियो जसमा उहाँले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राख्नु भएको थियो । रासस, एएफपी