२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन

चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
अ अ+ अ-

काठमाडौं । चितवन जिल्लामा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । सन् २०२६ को जनवरीदेखि हालसम्म जोखिममा रहेको समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनले २२३ जनामा गरेको परीक्षणका क्रममा उनीहरूमा रोगको सङ्क्रमण देखिएको हो । यस अवधिमा नयाँ भेटिएका सङ्क्रमितसहित ९१ जना नयाँ बिरामीले एड्सविद्धको औषधि सेवन गर्न थालेका छन् । ११ जना जिल्ला बाहिरबाट आएका हुन् । योसँगै अहिले फाउन्डेसनबाट एआरटी औषधि सेवन गर्ने एक हजार २९३ जना बिरामी पुगेका छन् ।

अस्पतालका फिजिसियन डा प्रमोद पौडेलका अनुसार सङ्क्रमितहरूमा गरिएको यौन रोग परीक्षणका क्रममा ५२ जनामा यौन रोगको समेत सङ्क्रमण देखिएको छ । एक हजार १६१ जनाको परीक्षणका क्रममा उनीहरूमा यौन रोग देखिएको हो । सङ्क्रमण देखिएकाहरूको उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय सरकारी तवरबाट कण्डम उपलव्ध हुन नसक्दा बिनासावधानी यौन सम्पर्क गर्ने ती समूहमा यौन रोग तथा भिरिङ्गी देखिएको हो ।” यस्तै एड्स सङ्क्रमितहरूमा क्षयरोगको समस्या पनि देखिने गरेको उहाँले बताउनुभयो । एक सय ४८ जनाको खकार परीक्षणका क्रममा १५ जनामा क्षयरोग देखिएको उहाँले बताउनुभयो ।

जनवरीदेखि हालसम्म नियमित औषधि खाइरहेकामध्ये तीन जनाले औषधि सेवन गर्न छाडेको र सम्पर्कमा पनी नआएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सो समयमा औषधि लिन आउने, गरिब, वृद्ध तथा एकल महिलामध्ये एक हजार २११ जनालाई यातायात, प्रयोगशाला, पोषण, औषधि र आकस्मिक सेवामा सहयोग प्रदान गरिएको छ । नियमित औषधि सेवन गरे सङ्क्रमणबाट जोगिन सकिने उहाँले बताउनुभयो ।