• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसक्यो: मन्त्री साउद



file photo

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसकेको बताउनुभएको छ ।

सोमवार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षीनरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताउनु भयो ।

मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्ने बताउनु भयो । उहाँले प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भइ अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कुटनीतिक पहल चलिरहेको बताउनु भयो । उहाँले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिवद्धता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रधानमन्त्रीज्यु भारत भ्रमणको बेलामा स्पष्ट रुपमा भारतीय प्रधानमन्त्रीज्युले भन्नुभएको छ, हामी नेपाल–भारतको बीचमा सीमानाका केही समस्या छन् भनेपनि हामी यसलाई बसेर समाधान गर्दछौँ, भन्नुभएको छ । सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रुपमा पनि मेकानिजम छ । त्यो मेकानिजम क्रियाशील हुनुपर्छ । त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कुटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बीचमा शुरु भइसकेको छ । भर्खरै मात्र भारतका परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा पनि हामीले दुवै देशको बीच्मा वार्ता, छलफलको प्रक्रियाबाट यो समस्याको समाधान गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गरिसकेका छौँ ।’

मन्त्री साउदले अहिले आर्थिक चुनौति भोगिरहनु परेको बताउनु भयो । उहाँले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समुदायले नै प्रतिवद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब कुरा रह्यो आर्थिक चुनौतिको । हामीसँग तीन चार वटा कुरा छन् । जसमा नेपाल भाइब्रेण्ट छ । पहिलो कुरा हामीसँग भएको हाइड्रो इनर्जी । भारत, दुनियाँका जुनसुकै देशले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता के कुराका लागि गरेका छन् भने अब उनीहरुले जैविक इन्धनलाई लामो समयसम्म प्रयोग गर्न सक्दैनन् । उनीहरुको सबैको प्रतिवद्धता पानीबाट चल्ने, हावाबाट चल्ने वा सोलार इनर्जी । जो क्लिन इनर्जी छ, त्यसको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता बढेको छ । नेपाल त्यसको सबैभन्दा ठूलो श्रोतको रुपमा छ । १ लाख मेगावाटसम्मको राम्रोसँग सर्वे गरी देखाउन सक्यौँ भने त्यो राम्रो हुनेछ ।’

मन्त्री साउदले नेपालले १ लाख मेगावाटसम्मको विद्युत उत्पादन गर्नका लागि अध्ययन गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल