• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

यस्तो छ आमाबाबुसँगै सुत्नुको बच्चालाई हुने फाइदा, थाहा पाउनुहोस्



काठमाडौं। आमाबाबु र बच्चाको सम्बन्ध संसारकै अनमोल सम्बन्ध मानिन्छ । आमाबाबु बच्चासँगै सुत्दा यी दुईको सम्बन्ध अझ प्रगाढ हुन्छ । आमाबाबुसँग बच्चा सुत्दा बच्चालाई मात्र होइन, आमाबाबु दुवैलाई फाइदा हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । विभिन्न अध्ययनले बच्चासँगसँगै आमाबाबुलाई पनि फाइदा हुने देखाएको छ ।

के-के हुन्छ फाइदा ?

१) सुत्ने बेला आफूसँग आमाबाबु हुन्छन् भने बच्चाले आफूलाई निकै सुरक्षित महसुस गर्छन् । एक्लै सुत्दा बच्चाले असुरक्षित महसुस गर्ने गर्छन् । एक्लै सुत्दा बच्चा बीचमै उठ्ने भएकाले निद्रा पूरा गर्न पाउँदैनन् ।

२) समयमै सुत्ने गर्दा निद्रा पूरा मात्र हुँदैन, स्वास्थ्य पनि राम्रो हुन्छ । बच्चालाई स्वस्थ बनाइराख्न पनि समयमै आमाबाबुले बच्चासँग सुत्ने गर्नुपर्छ । 

३) एक अध्ययनअनुसार आफूसँग आमाबाबु सुतेमा बच्चाहरूले आत्मसम्मानको महसुस गर्छन् । जसले व्यावहारिक समस्या सुल्झिँदै जान्छ । आफ्ना साथीहरूको दबाबमा रहँदैनन्, आफैं खुसी र सन्तुष्ट हुन्छन् ।

४) यदि तपाई बच्चासँगै सुत्नुभयो भने दिनभरि कसरी बित्यो, के के गर्‍यौ, अघिल्लो दिनको प्लानिङ कस्तो छ भनेर सजिलै सोध्न सक्नु हुन्छ । यसो गर्दा बच्चाहरूले तपाईलाई आफ्नो मनको सबै कुरा निर्धक्क बताउने गर्छन् र आरामले निदाउने गर्छन् ।

५) आफ्नो बच्चासँग सुत्दा नर्सिङ पेसामा आबद्ध आमाहरूलाई धेरै फाइदा हुन्छ । उनले निकै आरामको महसुस गर्छिन् । आफ्नो विस्तारा छोडेर बारम्बार बच्चालाई हेर्न जानुपर्दैन । 

६) यदि बच्चाले सुत्ने बेला आमाबाबुसँग कथा भन्नुस् न भनेमा त्यो नराम्रो होइन, उनीहरूले सुत्न नचाहेको भन्ने बुझ्नु हुन्न । दिनभर आमाबाबु काम गर्दा थाकेका हुन्छन्, सँगै समय बिताउन नसक्ने भएकाले सँगै सुत्ने बेला उनीहरूले कथा भन्नुस् न भनेका हुन्छन् । यसो गर्दा बच्चा र आमाबाबु दुवै मज्जाले निदाउन सक्छन्