• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

एक्सेल्सियर कप भोलिदेखि



काठमाडौं । फुटबल र बास्केटबललाई समेट्दै द एक्सिेल्सियर स्कुलको आयोजनामा १० औं एक्सेल्सियर कप सोमबारदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत फाइभ ए साइड फुटबलमा विभिन्न ३ उमेरसमूहको प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । यु–१२ मा १८, यु–१३ मा २० र यु–१६ मा १२ टिम सहभागी हुने छन् ।

सिनियर ब्वाइज बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा समान १२–१२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी दिए ।

प्रिन्सिपल रजकले प्रतिभावान जुनियर खेलाडीको पहिचान गर्न प्रतियोगिताले मद्दत पुर्‍याउने बताउदै विद्यार्थीलाई शिक्षासंगै हरेक क्षेत्रमा क्रियाशिल बनाउन प्रतियोगिता आयोजना गर्दै आएको बताए । माघ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजकको आफ्नै हातामा हुनेछ ।